मोदी सरकारले नागरिक स्वतन्त्रतालाई बन्धकमा राख्यो: चिदम्बरम

एजेन्सी– भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्व वित्त मन्त्री पि. चिदम्बरमले सरकारलाई नागरिकको स्वतन्त्रता बन्धक बनाउने कुनै अधिकार नभएको बताएका छन्।

उनले ट्वीट गरेर नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु–कश्मिरको स्वायत्त राज्यको विशेषाधिकार खोसेको विषयमा यस्तो बताएका हुन्।

मनमोहन सिंह नेतृत्वको सरकारमा वित्त मन्त्री रहेका पि. चिदम्बरमले शनिबार ट्वीट गरेर जम्मु–कश्मिरको मुद्दालाई लिएर सरकारले लिएको नीतिमाथि प्रश्न उठाएका छन्।

उनले ट्वीटमा उनले लेखेका छन्, ‘मलाई आशा छ कि अदालत एक्सन लिनेछ र नागरिक स्वतन्त्रता सुनिश्चित गर्नेछ। सरकारले नागरिकको स्वतन्त्रतालाई बन्धक बनाउने कुनै अधिकार छैन। यो संविधानको धारा २१ को उल्लंघन हो।’

साथै उनले सरकारले जम्मु–कश्मिरका कांग्रेस नेता गुलाम मीरलाई गरिएको नजरबन्दप्रति आपत्ति जनाएका छन्।

उनले कांग्रेस जम्मु–कश्मिरका अध्यक्ष गुलाम अहमद मीरलाई प्रक्राउ गर्नु गैरकानुनी भएकाे भन्दै उनले भनेका छन, ‘लिखित आदेश विना जम्मुमा उनलाई नजरबन्दमा राख्नु अवैधानिक हो।’

जम्मु–कश्मिरबाट धारा ३७० खारेज गरेपछि कांग्रेस नेताहरुले सरकारविरुद्ध लगातार तीव्र प्रतिक्रिया जनाइरहेका छन्।

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले गत पाँच अगष्टमा संविधानको धारा ३७० खारेज गरेर जम्मु–कश्मिरकाे  स्वायत्त राज्यको विशेषाधिकार हटाएका थियो। जसको कांग्रेस र जम्मु–कश्मिरका स्थानीय पार्टीले विरोध गर्दै आएका छन्।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्