ललितपुर, मकवानपुर जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ – बाढी पूर्वअनुमान महाशाखाले ललितपुर र मकवानपुर जिल्लाका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

शनिबार साँझदेखि हाल ललितपुरको गोदावरी र आसपास, मकवानपुरको मकवानपुरगढी, रजैया र आसपासमा भारी वर्षा भइरहेकाले संभावित बाढी तथा पहिरोबाट बच्न सचेत रहन महाशाखाले आग्रह गरेको हो।

विशेष गरी मनहरा, पूर्वी राप्तीलगायत ललितपुर, मकवानपुर जिल्ला हुँदै बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउने संभावना रहेको महाशाखाले जनाएको छ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्