पुतली सडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप

फाइल तस्विर

काठमाडौँ – आरण बचाउनका लागि भन्दै नियमति आन्दोलन गर्दै आएका आदीवासी जनतातिका प्रतिनिधि र प्रहरीबीच झडप भएको छ।

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति महासंघले गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप गरेको हो। भृकुटीमण्डपबाट निकालिएको लाठी जुलुस पुतलीसडक पुग्दा प्रहरीसँग झडप भएको हो ।

झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत ६ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्