दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाइल तस्बिर

दाङ– दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–लमही सडकखण्डकाे  लमही नगरपालिका वडा नम्बर ९ रिहारमा भएकाे दुर्घटनामा दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

शनिवार दिउँसो एक बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३४०३ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ कारकाँदो निवासी ४५ वर्षिय रमेश बस्नेत र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना निवासी बिनोद बस्नेतकाे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।

विज्ञापन

उपचारका क्रममा रमेशकाे लमही अस्पतालमा र बिनाेदकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृत्यु भएका रमेश बस्नेतको शवलाई लमही अस्पताल र विनोद बस्नेतको शवलाई राप्ती विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमको लागि राखिएको छ। ठक्कर दिने ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्