ग्राेथ सेलर्सका प्रबन्ध निर्देशक मोहनराज ओझासँग अन्तर्वार्ता

‘मानव संशाधनको क्षेत्र विकसित भयो भने देश विकसित हुन्छ’

‘मानव संशाधनको क्षेत्र विकसित भयो भने देश विकसित हुन्छ’

मोहनराज ओझा, प्रबन्ध निर्देशक , ग्राेथ सेलर्स

आजभन्दा ४८ वर्ष अगाडि डोटीको कन्दरामा जन्मेका उनी हाइस्कुल नसकिँदै काठमाडौँ पसेको थिए। घर आउने जाने क्रम चलेकै थियो। आफ्नो करियर सुरु गरिसकेका थिए।

सबैभन्दा पहिला गोरखापत्रमा हकरको रुपमा काम गरे। त्यसपछि बिस्तारै पियन, असिस्टेन्ट, विभिन्न बिजनेस हाउसहरुमा डिपार्टमेन्ट प्रमुख भएर काम गरे।

विज्ञापन

उनले कहिले पनि कामलाई सानो ठूलो भनेनन्। त्यसैले त आज ग्रोथ सेलर्स प्रा.लि‍का प्रबन्ध निर्देशक मोहनराज ओझाको नाम धेरैले सुनेका होलान्। प्रस्तुत छ- उनै मोहनराज ओझासँग देश सञ्चारका लागि प्रतिभा चन्दले गरेकाे कुराकानी:

सन् २००८ मा ग्रोथ सेलर्स स्थापना गर्नुभयो। त्यही वर्ष ग्रोथ एचआर कन्सल्टिङ फर्म सुरु गर्नुभयो, त्यो बेलामा यस्तो गर्ने उत्प्रेरण कहाँबाट आयो?

म ग्रोथ सेलर्समा आउनुभन्दा अगाडि नेपालका कर्पाेरेट कम्पनीहरुमा २० वर्ष जति काम गरेँ। म एकदमै सानो लेभलबाट करियर सुरु गरेको मान्छे हुँ। विभिन्न पोष्टहरुमा बसेर काम गरिरहँदा मानव संसाधनमा मैले धेरै आरोह अवरोहहरुको अनुवभ गरेको थिएँ। त्यो समयमा व्यवस्थापनका कुराहरुलाई नजिकबाट नियाल्ने मौका पाएको थिए। त्यसपछि मलाई चाहे जनुसुकै क्षेत्रमा काम गर्ने मानिस किन नहोस् तर उनीहरुमा सेल्ससिपको क्वालिटी हुनुपर्छ भन्ने सोच जाग्यो।

त्यही २० वर्षको मेरो कामको अनुभवलाई समेटेर मानव संसाधानमा केही गर्नुपर्छ भन्ने मनमा कता–कता लाग्यो। कुनै पनि मानिस डेभलभ भयो भने संस्था डेभलभ हुन्छ। संस्था डेभलभ भयो भने सोसाइटी डेभलभ हुन्छ। जसले गर्दा देश नै डेभलभ हुन्छ। नेपालमा मानव संसाधन विकासमा केही गर्नुपर्छ भन्ने लागेर ग्रोथ सेलर्स स्थापना गरेका हौँ।

विगत १२ वर्षदेखि हाम्रो कम्पनीले वार्षिक रुपमा तीन वटा समिटहरु गर्दै आइरहेको छ।

संस्थाको स्थापनाकालदेखि नै एचआर कन्फेरेन्स सुरु गर्नुभयो, सुरु गर्न यहाँलाई कति अप्ठ्यारो भयो? त्यो बेलाको परिवेश कस्तो थियो?

हामीले कम्पनी स्थापना गर्नुभन्दा अगाडि नै धेरै कुराको योजना बनाएर मात्रै अगाडि बढेका थियौँ। कम्पनी स्थापना गर्नुभन्दा अगाडि हामीले एक, दुई र पाँच वर्षे योजना तयार गरिसकेपछि कम्पनी स्थापना गरेको दुई महिना भित्रमा पहिलो एचआर मिट सम्पन्न गर्न सफल भएका थियौँ।

जतिबेला हामीलाई ३५ जना सहभागी जुटाउन कति संघर्ष गर्नु पर्‍यो, मानव संसाधन भन्ने कुरा बजारलाई चिनाउन कति अठ्यारो पर्‍यो र कति मेहनत गर्नु पर्‍यो भन्ने कुरा अहिले मैले शब्दमा वर्णन गर्न सक्दिन। तर जुन किसिमले सुधार हुँदै आयो र अहिले १२औँ एचआर मिट हामीले गएको मार्चमा सम्पन्न गर्ने बेलासम्ममा एक लेभलबाट प्रोग्रेस हुँदै गइरहेको छ। यसले मानव शंसाधन विकासमा टेवा पुगेको छ।

ग्रोथ सेलर्सले वार्षीक रुपमा कस्तो कार्यक्रमहरु गर्दै आइरहेको छ?

हामीले ग्रोथ सेलर्स भित्र एचआरसँग सम्बन्धित सबै प्रोडक्टहरुमा नेपालका प्राइभेट सेक्टर तथा पब्लिक सेक्टरहरुलाई सेवा दिदैँ आइरहेका छौँ।

त्यो अन्तर्गत रिक्वपमेन्ट, स्टाफ आउट सोर्सिङ, ट्रेनिङ एण्ड डेभलभमेण्ट, कन्सल्टिङ लगायतका विभिन्न गतिविधीहरुबाट हामीले सेवा दिइरहेका छौँ। यो भनेको हाम्रो रेगुलर प्याट्रन भयो भने यो लगायत ग्रोथ सेलर्सको दुई वटा सिस्टर कन्सर्नहरु कर्पोरेट क्लव नेपाल लिमिटेड र ग्रोथ लिडरसिप एकेडेमी प्रा.लि छ।

ग्रोथ लिडरसिप एकेडेमी प्रा.लिले विशेषगरी ट्रेनिङ र डेभलभमेन्ट समबन्धीो काम गर्छ भने कर्पोरेट क्लवले नलेज वेस कामहरु गर्ने गर्छ। यसले सेनिनार, वर्कसपका साथै ठूल्ठूलो कन्फेरेन्सहरु म्यानेज गर्दै आइरहेको छ।

यहाँहरुले विगत चार वर्षदेखि सेल्स समिट कन्फेरेन्स गर्दै आइरहनु भएको छ। यो सँगै अब हुन गइरहेको २०१९ सेल्स समिटको बारेमा बताइदिनुस् न।

यो सेल्स समिट हामीले सन् २०१६ बाट सुरु गरेका हौँ। अहिले हुन लागेको यो चौँथो सिरिज हो। यही भदौ ५ गते हुन गइरहेको छ।

यसमा कसले भाग लिन पाउँछन् र सहभागिलाई के फाइदा हुन्छ?

यो तीन वटा सम्मेलन मध्ये एचआर मिटमा पूर्ण रुपमा एचआर प्रोफेस्नलहरुले भाग लिने हो। त्यसैगरी म्यानेजमेन्ट कन्केलेटहरुमा टप लेभलको म्यानेजमेन्टहरुले भाग लिने गर्छन्, जसले टिम वा अर्गनाइजेसन लिड गर्ने गरिरहेकाहरु हुन्छन्। यो सेल्स मिट जुन हाम्रो नजिकै आइरहेको छ।

यसमा नेपालभरबाट म्यानेजेरियल लेभलको सेल्स म्यानेजर प्रोफेसनलहरुले भाग लिनेछन्। यो सम्मेलन बिहान ९ बजेखि साँझको ५ बजेसम्म चल्ने छ।

जसमा एफएम, सिजी, बैंक, इन्सुरेन्स, आइएसपी, आइटी, कर्पोरेट हाउसेज्, म्यानुफ्याक्चरिङ इन्ड्रस्ट्रिज लगायतका सबै सेक्टरबाट सहभागिता हुनेछ। सम्मेलनमा २५० जना भन्दा धेरै सेल्स प्रोफेसनलहरुकाे सहभागिता हुनेछ।

यो सम्मेलनमा ९० प्रतिशत म्यानेजेरियल लेभलका कुराहरु हुनेछन्। एक दिन कार्यशाला गोष्ठिमा हामीले बाहिरबाट विभिन्न कि स्पिकरसहरु ल्याउने गरेका छौँ। अन्य वर्षहरु जस्तै यस वर्ष पनि उहाँहरुको सहभागिता रहनेछ।

यो सम्मेलनमा सहभागि हुनका लागि प्रकृया के छ?

यसका लागि हामीले हाम्रो पहुँच भएका ठाउँहरुमा इमेल पठाएका छौँ। कन्सल्ट डिपार्टमेन्ट र एचआर डिपार्टमेन्टलाई पनि लेटरहरु पठाएका छौँ। त्यसैगरी, अहिले पत्रपत्रिकाहरुमा दैनिक आइरहेको छ। र अहिले हरेक दिन १५ देखि २० जनाको नोमिनेशन भइरहेको छ। जुन कुरा हाम्रो रजिष्ट्रेसनमा काउन्ट भइरहेको छ। अथवा ग्रोथ सेलर्सको कार्यलयमा उहाँहरुले सिँधै फोन सम्मर्क गर्न सक्नुहुन्छ।

सम्मेलनमा सहभागीलाई यहाँले कसरी ट्रेन गर्नु हुन्छ?

बिहान अर्थोडक्स् इनोभसन इन सेलिङ यही थिममा हामीले सेल्स समिट आयोजना गर्न गइरहेका छौँ। यो पटक ‘कि नोटिस’ स्पिकरमा भारतबाट देवगड वेद हुनुहुन्छ।

सेल्स मोटिभेसन भन्ने अर्को टपिक रहेको छ, त्यसका लागि लोकल लेभलका ठूला बिजनेस हाउसबाट ‘कि नोटिस’ स्पिकर हामीसँग हुनुहुन्छ। त्यसैगरी अर्को एउटा सेसन छ, जसलाई हामीले प्यानल डिस्कसन सेसन भनेर छुट्याएका छौँ। जसमा इमर्जिङ इस्युज अफ सेलिङ् च्यालेन्जेज एण्ड अपरच्युनिटी भन्ने रहेको छ।

प्यानल डिस्कसनमा एफएम सेक्टर, सिजि सेक्टर, बैँकिङ सेक्टर, डाबर नेपालको कन्ट्री हेड जस्ता फरक–फरक विधाका मानिसहरुसँग हामीले प्यानल डिसकसन गर्नेछौँ।

केही दिनमा सुरु हुने समिटको बारेमा अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ?

यो सेल्स कन्फरेन्स जुन भदौ ५ गते सुरु हुन गइरहेको छ। त्यसमा सेल्स प्रोफेसनलहरुको सहभागिता रह्याे भने त्यसले धेरै कुरालाई फाइदा गर्छ। उहाँहरुले पनि व्यक्तिगत रुपमा ज्ञान प्राप्त गर्नु हुन्छ।

२५० भन्दा बढीको सहभागिता हुने भएकाले त्यो एउटा ठूलो नेटवर्किङ पनि हो। त्यो भन्दा पनि महत्वपूर्ण कुरा उहाँहरुले कुराहरु सिकेर जानु हुनेछ। जुन कुरालाई उहाँहरुले आफ्नो संस्थामा कार्यान्वयन गर्न सक्नुभयो भने, त्यसले उहाँहरुको संस्थालाई फाइदा हुनेछ।

अन्तर्वार्ता हेर्नुहोस्:

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्