
वीरगञ्ज– श्रीमतीको हत्या गरेर फरार रहेकाे अभियाेगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
धारिलो हतियार प्रहार गरी श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा पर्साको कालिकामाई गाउँपालिका ५ बस्ने मुक्ति नारायण राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेकाे हाे।
उनलाई शनिबार साँझ इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले खोजतलास गर्ने क्रममा कालिकामाई गाउँपालिकाकै बोदीमाईस्थान भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका कुर्मी घरायसी विवादको क्रममा धारिलो हतियार प्रहार गरि ३५ वर्षीय श्रीमती संगिता देवीको हत्या गरि फरार भएका थिए।
उनलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी थप अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।