म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवला र खेलाडी अग्युरोबिच बाझाबाझ

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला र स्टार खेलाडी सर्जिओ अग्युरोबिच बाझाबाझ भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार रातिको खेलमा सिटी टोटनह्यामसँग २–२ को बराबरीमा रोकियो । सो खेलमा गोल गरेका अग्युरोलाई प्रशिक्षक गार्डिवलाले ६६ औँ मिनेटमा मैदान बाहिर बोलाए । उनको ठाउँमा गाब्रिएल जिससलाई मैदान पठाए ।

आफूलाई बाहिर बोलाएकोमा रिसाएका अग्युरो प्रशिक्षक गार्डिवलासँग बाझेका हुन् । रिसाएका अग्युरोप्रति गार्डिवला झन आक्रोशित रुपमा प्रस्तुत भएका हुन् । उनले अग्युरोको छातीमा हात राखेर रोक्न प्रयास गरेका थिए, अग्युरो भने बाझ्दै अघि बढेका थिए ।

उनीहरुबिच ४४ सेकेण्ड बाझाबाझ भएको हो । अग्युरो र गार्डिवलालाई सहायक प्रक्षिक मिकेल अर्तेताले छुट्याएका हुन् ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्