भारी वर्षाको सम्भावना, बागमतीसहित केही नदीमा ठूलो बाढी आउन सक्ने

काठमाडाैँ – देशका धेरै जसो स्थानमा आइतबार पनि मौसममा बदली भएर हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानहरु, पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।पश्चिमी तथा पूर्वी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज कन्काई, कोसी, कमला, बागमती, नारायणी, राप्ती, बबई, महाकाली र यसका सहायक नदीमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने अनुमान छ ।तर बागमती, कमला र यसका केही सहायक नदीमा आज बेलुकापछि बहाव सतर्कता तहसम्म पुग्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

यस्तै सप्तरी, धनुषा, उदयपुर, वसन्त्धुली, मकिानपुर,काभ्रेपाल्चोक, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका र आसपास, नुसवाकोट, चितवन, नवलपरासी, तनहुँ,, स्याङ्जा, पाल्पा, दाङ, रोल्पा, प्यूठान, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका जिल्ला भई बहने नदीहरुमा बहाव तुलनात्मक रूपमा बढ्ने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने स्म्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्