जम्मू कश्मीर प्रकरण

कश्मीरका लागि अन्तिम गोली रहेसम्म भारतसँग लड्नेछौँः पाकिस्तान

भारत प्रशासित कश्मीरलाई मिलेको विशेष दर्जाको संवैधानिक मान्यता हटाउने निर्णय भएसँगै भारत र पाकिस्तानबीच तनावको सिलसिला जारी छ । भारतको यो निणर्यविरद्ध पाकिस्तानले आफ्नो कडा आपत्ति जनाउदै आएको छ ।

शनिबार एक पटक फेरि पाकिस्तानले भनेको छ कि पाकिस्तान कश्मीरका लागि अन्तिम सैनिक र अन्तिम गोली रहेसम्म लड्नेछ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद क़ुरैशीले भनेका छन् ‘पाकिस्तानको व्यवसायिक सेना भारतसँग लड्न तयार छ । हाम्रो सबै संयन्त्र भारतसँग लड्न तयार छ ।’

विज्ञापन

कुरैशीले यो कुरा पाकिस्तानमा कश्मीरबारे बसेको विषेश समितिको बैठकपछि भनेका हुन् । इन्टर–सर्विस पब्लिक रिलेशनका डायरेक्टर जनरल मेजर आसिफ गफूरले पनि पाकिस्तान कश्मीरका लागि अन्तिम सैनिक र अन्तिम गोली रहेसम्म लड्ने बताएका छन् ।

जनरल गफूरले भने, ‘पाकिस्तान भारतको कुनै पनि दुस्साहसको जवाफ दिनका लागि तयार छ ।’

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू