प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने, प्रश्नोत्तर पनि हुन सक्छ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले समसामयिक राजनीतिक घटनाक्रम तथा सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्ने र सो क्रममा सांसदहरुबीच प्रश्नोत्तर पनि हुन सक्ने सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

 

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्