प्रधानसेनापति ट्रफी प्रतियोगिता आजदेखि सुरु

काठमाडौं-नेपाली सेनाले हरेक वर्ष आयोजना गर्ने प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७६ आइतबारदेखि सुरु भएको छ।

आइतवार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रतियोगिताको उदघाटन गरेका छन्।

उदघाटन समारोहमा मार्चपास, फरक फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो।

उक्त प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, हृयाण्डबल, साईक्लिङ्ग, कबड्डी लगायतका खेलहरु समावेश गरिएको छ।

उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट सेनाले प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताको आयोजना सुरु गरेको हो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्