विप्लव समूह छाडेर नेकपामा प्रवेश

दाङ– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका एक नेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

तीन महिनाअघि विप्लव नेतृत्वको नेकपा परित्याग गरेका लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी पूर्ण खनाल नेकपामा प्रवेश गरेका हुन्।

नेकपा लमही नगरपालिका वडा नम्बर २ को आयोजनामा भएको वडा भेलामा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले खलानलाई पार्टी प्रवेश गराए।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि रेवतीप्रसाद चौधरी र टोलीराम चौधरी पनि नेकपामा प्रवेश गरेका छन्।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्