तीज

तीजका यी १० गीत सुन्नुभयो त?

काठमाडौँ– हिन्दु महिलाहरुको चर्चित पर्व तीज नजिकिँदै छ। तीजलाई लक्षित गरेर धेरै गीतहरु बजारमा आइसकेका छन्। यसो त साउन महिना सुरु हुँदाबाटै हामी तीज गीत सुन्न पाउछौँ। केही प्रेमका भाका त केही बिलौनाका कथा बोकेर तीज गीत घन्कन्छन् ।

यो वर्षको तीजलाई लक्षित गर्दै केही गीतहरु बजारमा आएका छन्। केहीमा गीतार र ड्रम बजाएर पनि गीत पनि आएका छन् भने केही आधुनिक समाजका ‘सासु–बुहारी’ का गीत आएका छन्। केही गीतलाई असाध्यै रुचाइएको छ।

१. हामी पनि नाच्नु पर्छ बीच–बीचमा

गायक दुर्गेश थापाको शब्द र स्वरमा सजिएको ‘हामी पनि नाच्नु पर्छ बीच–बीचमा’ भन्ने गीतले अहिले बजारमा निकै चर्चा बटुलिरहेको छ। यूटुयूबमा यस गीतलाई झण्डै ४० लाख भन्दा धेरै पटक हेरिएको छ।

२ अष्ट्रेलिया काण्ड ( बिर्सि जाने मायालाई के भनौ)

लोक गायक पशुपती शर्माको यो वर्षको तीज गीत ‘बिर्सि जाने मायालाई के भनौँ’ गीत युट्यूबमा सार्वजनिक भएको छ। यो गीतलाई युट्यूबमा सत्ताइस लाख भन्दा धेरै पल्ट हेरिएको छ। यो गीत अष्ट्रेलिया जान मरिमेट्ने युवा समुदायमा लक्षित छ।

३. ‘ठेल न बुढी ठेल’

रविन घर्ति मगर, मदन सेन्चुरी र तीलक लामिछानेको स्वरमा गीत ‘ठेल बुढी ठेल’ गीत पनि यूट्यूबमा सार्वजनिक भएको छ। यो गीतमा विशाल रायमाझीको शब्द छ। गीतमा ससुराली जान लागेका जोडीको कुराकानी समेटिएको छ। यो गीतलाई २८ लाख भन्दा धेरै पल्ट हेरिएको छ।

४. सौता

गायक सन्तोष केसी, राधिका हमाल र रिता केसीको स्वरमा ‘सौता’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतले बहुविवाह गर्नेहरुले भोगेको समस्यालाई ठट्याइलो तरिकाले प्रस्तुत गरेको छ। गीतमा जिरे खुसानीका हाँस्य कलाकार शिवहरी पौडेल, अन्जु श्रेष्ठ र सविता गुरुङको अभिनय छ। यो गीतलाई १५ लाख भन्दा धेरै पल्ट हेरिएको छ।

५ सुहायो चौपटै

गायक पशुपती शर्मा, राजु ढकाल र देवी घर्तीको गीत ‘सुहायो चौपटै’ यूट्यूबमा रुचाइएको छ। गीतलाई २८ लाख भन्दा धेरैले हेरेका छन्। यो गीतमा गायक तथा गायिकालाई नै अभिनय गरेको देख्न सकिन्छ।

६. चल्ती आएको

‘चल्ती आएको’ बोलको गीतमा खुमान अधिकारी र शान्ता परियारको स्वर सुन्न सकिन्छ। यो गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले नृत्य गरेकी छन्। यो गीतमा कृष्ण ढकाल शब्द छ।

७ तीजै रमाइलो

नायिका के की अधिकारी अभिनित गीत ‘तीजै रमाइलो’ गीत सार्वजनिक भएको छ। गीतमा गोमा (सुजाता) कार्कीको स्वर छ भने राजन पोखरेलको शब्द छ। यो गीतले तीजको बेलमा हुने जमघट, माइती र साथीहरुसँग रमाइलो समयलाई देखाएको छ।

८ के छ ओई पान पाते ठूली

गायक रविन लामिछाने र रिना केसीको स्वरमा गीत के छ ओई पान पाते ठूली सार्वजनिक भएको छ। यो गीतमा नवराज पन्तको शब्द छ। साउनमा सार्वजनिक भएको गीतलाई धेरै रुचाइएको छ। यो गीतमा चाँडै विवाह गरेर विधवा भएकी युवति र उनको पूर्व प्रेमिको संवादलाई देखाइएको छ। गीतमा प्रकाश सपूत र जुना सुनदासले नाँचेका छन्।

९ चिटिक्कै भा छु रे

‘चिटिक्कै भा छु रे’ गीत लोक गायिका सिन्धु मल्लले गाएकी हुन्। उनलाई स्वर र शब्द रचनामा राजन बगरले साथ दिएका छन्। सिन्धु मल्लले यो भन्दा अगाडि पनि चिटिक्क भा छु रे भन्ने गीत गाएकी थिइन्। यो गीतलाई यूट्यूबमा ४० लाख भन्दा धेरै पल्ट हेरिएको छ। गीतमा नायिका आँचल शर्माले नाचेकी छन्।

१० सासु–बुहारी

गीत सासु–बुहारीले आधुनिक तीजलाई देखाएको छ। यसले परिवारमा कस्तो असर गरेको छ र बुहारीले दर खाने चक्करमा परिवार विशेषगरी सासुलाई गरेको बेवास्तालाई चित्रण गरिएको छ। गीतमा तीजले निम्त्याएको समस्यालाई उजागर गरिएको छ। यो गीतमा सन्तोष केसी, राधिका हमाल, र ललिता पौडेलको स्वर छ। गीतलाई सन्तोष केसी र सुष्मा अधिकारीले लेखेका हुन्। यो गीतलाई १७ लाख पल्ट हेरिएको छ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्