वैदेशिक रोजगारी लैजाने भन्दै करिब १२ लाख रुपैया ठगी

सुनसरीको हरिनगरा गाँउपालिकाका एक ब्यक्तिले करिब १२ लाख रुपैया उठाएर फरार भएका छन्।

हरिनगरा गाँउपालि र आसपासका सातजनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने बहानामा सोही गाँउपालिका ३५ वर्षीय गिरेन्द्र साह फरार भएको बताइएको छ।

ठगिनेमा हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल रहेका छन्।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा आइतबार उजुरी दिदै पीडित अनिलकुमार मण्डलले आकर्षक तलबको लोभ देखाएर सातजनाबाट ११ लाख ९० हजार रुपैया ठगि गरेको बताए। उनका अनुसार सात युवामाथि प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ असुल्ने काम भएको छ।

हाल उल्लेखित रकमसहित साह भने बेपत्ता भएको उनीहरुको गुनासो रहेको छ। त्यसैगरी कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले साहका नाममा पक्राउ पुर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए।

सबै प्रमाणले ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उनको भनाइ छ। पीडितहरुले वैदेशिक रोजगारीका लागि दुवई पठाउने भनेर गत वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुर्‍याएपछि आफूहरु फिर्ता हुनुपरेको गुनासो गरेका छन्।

कामदारका रुपमा लैजाने भने पनि पर्यटक भिषामा पठाउन लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित महेशकुमार मेहताले बताए।
त्यही दिनदेखि साह सम्पर्कविहीन बनेको पीडित अनिलकुमार मण्डलले बताए।

यसक्रममा युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरु विरुद्ध रिट हालेको जनाएका छन्।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्