नेकपामा माधव नेपाल पछि धकेलिए, झलनाथ खनाल पहिलो वरिष्ठ नेता

काठमाडौँ- नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई वरियताक्रममा पछाडि धकेलेको छ। अब पहिलो वरिष्ठ नेता झलनाथ खनाल बनेका छन्।

नेपाल वरिष्ठ नेता नै रहे पनि उनको वरियता झलनाथ खनालपछि पुगेको छ।

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले नेपाललाई चौथौ वरियतामा धकेलेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएका छन्।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्