पर्यटन प्रवर्द्धनका लागि गाेरखामा म्याराथन हुने

गोरखा– गोरखाको पर्यटन प्रवर्द्धन गर्नको लागि ३८ कि.मी. लामो लिगलिगकोट–सिरानचोककोट–गोरखा दरवार म्याराथन हुने भएको छ।

गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको गोरखा नगरपालिका राजनराज पन्तले जानकारी दिए।

विज्ञापन

गोरखाको ऐतिहासिक, धार्मिक, संस्कृतिक महत्व बारे जानकारी गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउन म्याराथन आयोजना गर्न लागिएको पन्तले जानकारी दिए।

गोरखाको वास्तविक अवस्थाबारे भावी पुस्तालाई जानकारी दिँदै आन्तरिक प्रयटन प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको उनले बताए।

यस वर्षबाट शुरु गर्न लागिएको म्याराथानलाई हरेक वर्ष निरन्तरता दिने पन्तले बताए।

म्याराथनमा प्रथम हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख र तेश्रो हुनेलाई ७५ हजारका साथै मेडल र प्रमाणपत्र दिइने आयाेजकले जनाएकाे छ।

भदौ १ अर्थात आइतबारबाट नै दरखास्त आवेदन खुल्ला गरिएको छ, भने दरखास्त दिने अन्तिम मिति भदौ २३ गते रहेको छ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू