विद्युत् प्राधिकरणले ८ अर्बमाथि मुनाफा गर्‍यो- कुलमान

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आईतबार राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले प्राधिकरणले टार्गेट पूरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतिहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गरे।

विज्ञापन

उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्‌को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा सम्भव गराउन सकिने विश्वास व्यक्त गरे।

सरकारी लक्ष्य पूरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे। गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालु आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गरे।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्