भरतपुर स्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा बिहानै आगलागी

तस्बिर साभार : हरेन्द्र बोगटीको फेसबुकबाट

चितवन – चितवनको भरतपुर चौबिसकोठी स्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा सोमबार बिहान आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेट जाँदा चौबिसकोठी स्थित बैंकको कार्यालयमा आगलागी भएको हो ।

दमकल, प्रहरी, सशस्त्र प्रहरी, आर्मी तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै ४० मिनेटमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको कारण खुलेको छैन र क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाई छ ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्