लालु यादव र राबडी देवीका पुत्र तेस्जवी राजनीतिमा निष्क्रिय, आरजेडीमा बढ्यो चिन्ता

भारत बिहारको मुख्य विपक्षी पार्टी राष्ट्रिय जनता दल (आरजेडी) आफ्नो इतिहासको सबैभन्दा मुश्किल समयबाट गुज्रिरहेको छ । शनिबार आरजेडीले विधायकको बैठक बोलाएको थियो, बैठक रद्द गर्नु पर्‍यो । पूर्वनिर्धारित बैठक रद्द गर्नुको कारण आरजेडीले केही बताएको छैन ।

तर बैठक रद्द गर्नुको कारण विधानसभामा विपक्षी नेता रहेका पार्टीका नेता तथा विधायक तेजस्वी यादव रहेको बताइन्छ । उनी यो बैठकमा सामेल हुन नचाहेकाले बैठक रद्द गर्नु परेको हो ।

यसअघि शुक्रबार बिहारकी पूर्व मुख्यमन्त्री राबडी देवीले भनेकी थिइन् कि, विधायकहरुको बैठकमा तेजस्वी यादव पनि सामेल हुने छन् । राबडी देवी उनकी आमा हुन् । तेस्जवीका पिता लालुप्रसाद यादव भ्रष्टाचार आरोपमा दोषी ठहर भएपछि हाल जेलमा छन् ।

लोकसभा चुनावमा पार्टी नराम्रोसँग पराजित भएपछि तेजस्वी यादव राजनीतिक परिदृश्यबाट ओझेलमा छन् । तेजस्वी विधानसभाका केही सत्रमा मात्रै उपस्थित भएका छन् । तेजस्वी विधानसभामा विपक्षी पार्टीका नेता हुन्, तर पनि कुनै पनि बहसमा भाग लिएका छैनन् । उनी हाल आरजेडीले चलाएको सदस्यता अभियानमा पनि सरिक छैनन् ।

तेजस्वीले लोकसभा चुनावपछि पार्टीको राजनीतिमा ध्यान नदिएकोप्रति आरजेडीमा चिन्ता छ । तेजस्वी पार्टीको सम्पूर्ण नेतृत्व आफ्नो हातमा आओस् भन्ने चाहन्छन् र त्यस्तो अवस्था सिर्जना नभएकाले उनी निष्क्रिय बसेको बताइन्छ ।

तेजस्वी आफ्ना दाइ तेजप्रताप यादवको गतिविधिहरुबाट पनि निराश रहेका छन् । यस्तै लोकसभा चुनावमा हारको दोष आफूमाथि लगाउने पार्टीका केही वरिष्ठ नेताहरुसँग पनि तेजस्वी निराश रहेको बताइन्छ । पार्टीका यी तमाम कुरा पहिले समाधान गरेपछि मात्रै आफूले सक्रियता देखाउने उनले बताइरहेका छन् ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्