रवि लामिछानेको समर्थनमा निस्केका प्रदर्शनप्रति नेकपाको आपत्ति

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरूले चितवनमा आफ्नै नाम किटेर गरेको प्रर्दशनप्रति आपत्ति जनाएको छ।

नेकपा चितवन कमिटीले सोमबार विज्ञप्ति निकालेर लामिछाने पक्राउ प्रकरणमा आफ्नो पार्टी नेतृत्वको नामै किटेर प्रर्दशन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो।

विज्ञापन

‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन,’ जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।  नेकपा चितवनले लामिछानेको समर्थनमा दिनहुँ भइरहेका प्रर्दशनमा सहभागी नहुन पनि आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू