प्रदेश २ मा धेरैले ज्‍यानको आहूति दिए तर भ्रष्टाचारी मौलायो-प्रचण्ड

जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर-२ मा सरकार भ्रष्टाचारमा लिप्त भएको बताएका छन्।

आइतबार धनुषाको बरमझियामा शहिद रामवृक्ष यादवको २५औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमा बोल्दै उनले भने, ‘हजारौ नेपालीले आफ्नो ज्यानको आहुति दिएर संघियताको कल्पना गरेको थियो तर त्यसतो अहिलेसम्म पूरा हुन सकेको छैन्।’ अहिले दुई तिहाईको स्थिर सरकार रहेकोले अहिले विकास निर्माणको काम नभए कहिले पनि हुँदैन।’

उनले जनताको लामो आन्दोलन र बलिदानी पछि देशमा संघियता आएको तर संघियता आएपछि यहाँ भ्रष्टाचारी मौलाएकोमा यो आफूहरुले जुन प्रकारको परिकल्पना गरेको थियो त्यस प्रकारको हुन नसकेकोमा दुःख प्रकट गरे। उनले प्रदेश नम्बर २ को सरकार भ्रष्टाचार अन्त्यका लागी प्रदेश २ कै जनताले दबाब दिनुपर्ने पनि बताए।

प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण यहाँका जनता अहिलेसम्म सुशासनको अनुभूति समेत गर्न नसकेको भन्दै उनले प्रदेश सरकारले सक्ने काम पनि गर्न नसकेको आरोप लगाए।

प्रचण्डले प्रदेश-२ को विकासका लागि चुरे संरक्षण तटबन्ध निर्माण, बोर्डरको समस्या समाधान लगायतको विषयमा पहल हुनु आवश्यक रहेको पनि बताए । विभिन्न आन्दोलनमा तराई मधेशका जनताहरुले आफ्नो शहादत दिए तर त्यस अनुसारको प्रतिफल पाउन नसकेको भन्दै विभिन्न आन्दोलमा यहाँका १३०० जनाले आफ्नो ज्यानको आहुती दिएको बताए।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले कम्युनिष्ट सरकारले मात्र देश विकास गर्न सक्ने बताए। त्यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले वर्तमान सरकार दुई तिहाइको स्थिर सरकार रहेकोले यहाँ अब विकास तथा निर्माणको कार्य हुने अवस्था रहेको र वर्तमान सरकारले त्यो काम राम्रो सँग गरिरहेको बताए।

उनले शहिद रामवृक्ष यादवको पुण्यतिथिको अवसरमा विरेन्द्र बजार–यदुकोहा सडकको नाम शहिद रामवृक्षको नामबाट नामाकरण गर्न गृहकार्य गरिरहेको बताए।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले देशमा जनयुद्ध नभएको भए अहिले देशमा कुनै पनि हालतमा संघियता नआउने थियो बताए।

त्यस्तै नेकपाको वैठक नबसेकोमा आपति जनाएका थिए।उनले शहिद रामवृक्ष यादव त्याग र तपस्याको लागि प्रतिस्पर्धा रहेको समयको नेता रहेको भन्दै उनको तुल्ना पुष्पदाहाल प्रचण्डसँग गरेका थिए। त्यस्तै उनले अहिले शहिद यादवको स्मृति दिवस धनुषामा मात्र मनाउने गरेकोले यसलाई केन्द्रमा पनि मनाउन आग्रह गरे।

शहिद रामवृक्ष यादवको २०५१ साल भदौ २ गतेको दिन हत्या गरिएको थियो। त्यपछि धनुषाको बरमझीयामा हरेक वर्ष भदौ २ गते पुण्यतिथि मनाईदै आएको छ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्