रवि लामिछाने संघर्ष समितिका अध्यक्षले दिए राजीनामा

फाइल तस्बिर

चितवन- चितवनका रवि लामिछानेलाई रिहामुक्त गर्न माग गर्दै बनाइएको रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले सोमबार राजीनामा दिएका छन्।

भरतपुरमा पत्रकार सम्मेलन गरेर सोमबार घिमिरेले राजीनामा दिएका हुन्। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा समातिएका लामिछानेको रिहाइका लागि समिति गठन गरिएको थियो।

घिमिरेका अनुसार ‘शान्तिपूर्ण कार्यक्रम सञ्चालन भइरहँदा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्रमाथि नै प्रहार हुन थाल्यो, आन्दोलनलाई कमजोर बनाई भड्काउन थालेपछि मैले समितिमा बस्नुको औचित्य देखिन।’

समितिको अध्यक्षमा घिमिरे, उपाध्यक्षमा भरत पोखरेल, तारा बराल, सचिवमा शंकर तिवारी, सहसचिव कृष्णप्रसाद भुषाल, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सदस्यहरुमा इश्वर ढुंगाना, अर्जुनप्रसाद अधिकारी, सन्ध्या सापकोटा, सीताराम भट्टराई र सुमन आचार्य थिए।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्