युभेन्टसका प्रशिक्षक सारीलाई निमोनिया

इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिजिओ सारीलाई निमोनिया भएको छ । ६० वर्षका प्रशिक्षक सारीलाई निमोनिया भएको पुष्टि सोमबार गरिएको हो । उनले सोमबारको बिहान युभेन्टसमा बिताए ।

उनी त्यसअघिको मैत्रीपूर्ण खेलमा उपस्थित हुन सकेका थिएनन्, किनकी उनी उपचारमा थिए । सुरुमा फ्लु ठानिएको संक्रमण निमोनिया रहेको खुलेको हो । अहिले सारीको उपचार जारी रहेको युभेन्टसले जनाएको छ ।

इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका सारीको टिम युभेन्टसले इटालियन सिरी ए फुटबलको नयाँ सिजनको आफ्नो पहिलो खेलका लागि आउँदो शनिबार पार्माको मैदान जानेछ छ । सो खेलमा सारी जाने या नजाने स्पष्ट भइसकेको छैन ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्