टर्कीका सुरक्षाकर्मी तथा हतियारसहितका बहान रोक्न हवाई आक्रमण, सर्वासाधारणको मृत्यु

सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीले आरोप लगाएको छ।

सिरियाको उत्तरी क्षेत्रमा रहेको बिद्रोही नियन्त्रित क्षेत्रमा टर्किस सुरक्षाकर्मी र हतियारसहित जाँदै गरेका बहानलाई रोक्ने प्रयासमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

तर सो आक्रमणमा तीनजना सर्वसाधारणको ज्यान गएको टर्कीले बताएको छ । अरु १२ जना घाइते भएका छन् । इड्लिब प्रान्तमा सोमबार आक्रमण भएको हो ।

इड्लिब त्यस्ता केही क्षेत्रमा पर्छ, जहाँ सरकारको नियन्त्रण छैन । सो क्षेत्रमा टर्कीको साथ पाएका बिद्रोहीको नियन्त्रण छ।

सो क्षेत्रमा गएको अप्रिलदेखि सिरिया सरकारले आफ्नो आक्रमण अभियान तीव्र पारेको छ । जसका कारण सयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । हिंसा जारी रहँदा अरु धेरैको मृत्यु हुन सक्ने भय छ ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्