मौसमः मेघ गर्जन, चट्याङ्ग र भारी वर्षाको सम्भावना कुन क्षेत्रमा?

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा हाल आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिनभर देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।

विज्ञापन

राति पनि देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू