लोकन्थलीमा सडक भासियो, पाँच घर जोखिममा

फाइल तस्बिर

काठमाडौँ – भक्तपुरको लोकन्थलीमा सडक भासिँदा पाँच घर जोखिममा परेका छन् । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा सडक भासिँदा चार घर उच्च र एक घर सामान्य जोखिममा परेका डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

माथिबाठ सडक भासिँदा एक घरको त पर्खालमै पहिरो पुगेको छ । सोमबार रातिको वर्षाले सडक भासिएको हो । अहिले सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

विज्ञापन

जोखिम नियनत्रणका लागि के गर्न सकिन्छ भनेर सम्बन्धित निकायसँग समन्वय भइरहेको डीएसपी कोइरालाले बताए ।

उनले क्षति पुग्न सक्ने घरमा रहेका सामानहरु राति नै सारिसकिएको जानकारी दिए । अहिले स्थानीय बासिन्दासँगै प्रहरी र विपद उद्धारको टोली घटनास्थलमा छ ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू