‘आधा अमेरिकीहरु एउटै पेन्टी दुई दिन वा त्योभन्दा बढी लगाउँछन्’

अमेरिकामा गरिएको एक सर्वेक्षणले झण्डै आधा अमेरिकी जनसमुदायले एउटै ‘पेन्टी’ दुई दिन या सो भन्दा धेरै दिन’ लगाउने गरेको देखाएको छ।

१००० जनामा गरिएको सर्वेक्षणमा ४५ प्रतिशत मानिसले एउटै पेन्टीलाई दुई अथवा त्यो भन्दा बढी दिन लगाउने गरेको विवरण सार्वजनिक भएको छ। यसलाई स्वास्थ्यसँग जोडेर हेरिएको छ।

यो सर्वेक्षण एक ‘अण्डरवेयर’ कम्पनी ‘टोमी जोन’ ले यही महिना आफ्नो वेवसाइटमा सार्वजनिक गरेको हो। यसले केही आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरेको छ।

सर्वेक्षण गरिएका मध्ये १३ प्रतिशतले एउटै पेन्टी एक साता अथवा सो भन्दा धेरै समय प्रयोग गर्ने गरेको बताएका छन्। यसमा महिलाको भन्दा पुरुषको सङ्ख्या दुई दशमलव ५ प्रतिशतले बढी रहेको छ।

सर्वेक्षण पश्चात कम्पनीले हैरानीपूर्वक लेखेको छ, ‘तपाईँहरुको स्वास्थ्यमा ख्याल राख्दै हामी यो सुझाव दिन्छौँ कि हरेक ६ महिनामा आफ्नो अन्डरवेयर राख्ने दराजलाई खाली गर्नुहोस् र वर्षमा एकपल्ट अपडेट गर्नुहोस्। यसबाट तपाई खतरनाक इन्फेक्सन र स्वास्थ्य जोखिमबाट जोगिन सक्नुहुन्छ। महिलाहरुलाई अझ धेरै सावधान हुन जरुरी छ। किनभने फोहोर पेन्टी लगाएको कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने जोखिम पुरुषलाई भन्दा धेरै छ।’

अन्त्यमा कम्पनीले दैनिक आफ्नो पेन्टी बदल्न सुझाएको छ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्