पप्पु कन्सट्रक्शनले पुल नबनाइदिँदा पर्सागढीका बासिन्दा मर्कामा

तिलावे नदीमा पुल बनाउन ठेक्‍का पाएको पप्पु कन्स्ट्रकसनले समयमै पुल नबनाइ दिदा पर्साको थरुहट क्षेत्रका स्थानीयबासीहरु जोखिम मोरेर तर्दै। वर्षायाममा उनीहरुको आवतजावत बन्द हुने गरेको छ। तस्बिर- राम मण्डल/देश सञ्‍चार

पर्सा-ठेकेदार कम्पनीको लापार्वाहीका कारण पर्साको पर्सागढी नगरपालिकाको एक टाँगा टोलमा रहेको तिलावे नदीमा पुल नबन्दा स्थानीयबासीहरु सास्ती खेप्दै आएका छन्।

तिलावे नदीमा पुल बनाउन ठेक्‍का पाएको पप्पु कन्स्ट्रकसनले समयमै पुल नबनाइ दिदा पर्साको थरुहट क्षेत्रका स्थानीयबासीहरु मर्कामा पर्दै आएका छन।सडक विभागमार्फत २०६८ साल साउन २७ गते पप्पु कन्स्ट्रक्सनसित पुल बनाउने सम्झौता गरेको थियो।

सम्झौता अनुसार रु २ करोड १४ लाखको लागतमा पुल बनाइ दिने ठेक्का साकार गरेका पप्पुले अहिलेसम्म पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।ठेकेदार कम्पनी पप्पुले तिलावे नदीको पुलमा अहिले सम्म दुवैतर्फ पिलर उठाएर मात्र छोडेको छ।

सम्झौता अनुसार २०७० साल साउन २८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य अहिलेसम्म पनि अधुरै रहेको छ ।निर्माण कम्पनीले अहिले सम्म जम्मा ५० प्रतिशत मात्रै काम गर्न सकेको छ।

८ वर्षसम्म पनि पुलको आधामात्रै काम सम्पन्न भएकोले उक्त पुल सञ्चालनमा आउन सकेको छैन।पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा पर्साको कटाँगा,बिरुवागुठी,बागबाना,रमौली हरपुर गाउका स्थानीयबासीहरु सास्ती खेप्दै आएका छन्।

तिलावे नदीमा पुल निर्माण सम्पन्न हुन नसक्दा उक्त गाउहरुका स्थानीयबासीहरु बर्षातको समयमा सास्ती खेप्दै आएका छन्।बर्षाको समयमा नदीमा बाढी आएपछि आवत जावत नै ठप्प हुने गरेको स्थानीय रामजी यादवले बताए।

उनले बाढी आएको बेला आवत जावत बन्द हुने र बाढीको पानी कम भएपछि मात्रै आवतजावत सुचारु हुने गरेको बताए। ‘बर्षाको समयमा नदीमा बाढी आएपछि आवत जावत नै ठप्प हुन्छ,यादवले भने, बाढीको पानी कम भएपछि मात्रै आवतजावत सुचारु हुन्छ।

’तिलावे नदीमा रहेको पुल नबन्दा आधा दर्जन जति गाउका स्थानीयबासीहरु प्रभावित हुदै आएका छन्।ठेकेदार कम्पनीको लापारवाहीकै कारण पुल ८ वर्षसम्म बितिसक्दा पनि निर्माण हुन नसकेको उनीहरुको भनाई छ।

ठेक्का साकार गरेको कम्पनीले तिलावे नदीको पुलमा असार महिनामा मात्रै आएर देखाउनको लागि काम गर्ने गरेको स्थानीयहरु बताउछन ।अहिले पनि उक्त नदीको पुलमा ठेकेदार कम्पनीले असार महिना बाढी र पानीको मौसम भएर काम रोकेको छ।

आफूले सडक बिभागमा समेत पहल गरेपछि ठेकेदार कम्पनीले काम अघि बढाएको भएपनि अहिले फेरि पुल निर्माणको कार्य रोकेको पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवले बताए। उनले ठेकेदारले बर्षातको मौसम भएको बताउँदै अहिले काम रोकेको मेयर यादवको भनाई छ।

‘तिलावे नदीमा पुल निर्माणको काम ठेकेदार कम्पनीले अघि बढाएको त थियो’, मेयर यादवले भने, ‘तर अहिले बर्षातको समय भएर काम रोकेको छ।’

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्