रक्त चन्दन तेल बनाएर तस्करी

काठमाडौं : महानगरीय प्रहरी वृत्त लैनचौरले करिब ४५ लिटर रक्तचन्दन तेलसहित तीन जनालाई पक्राउ गरेको छ। उनिहरु  काठमाडौं महानगरपालिका-१६ नयाँबजारबाट पक्राउ परेका हुन्।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका-३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय सुजन पौडेल रक्तचन्दनको तेलको कारोबारमा संलग्न रहेको प्रहरीको दावी छ।

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्