नेकपाका नेता खनाल चीन जाँदै

काठमाडाैँ– हालै वरिष्ठ नेताको वरियता प्राप्त गरेका सत्ताधारी नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल पाँच दिने भ्रमणका लागि बुधबार राति चीन प्रस्थान गर्ने भएका छन्।

चिनियाँ कम्युनिष्टको निमन्त्रणामा गोन्जाओमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्नेगरी उनी चीन जान लागेका हुन्।

विज्ञापन

तत्कालिन एमाले र माओवादीबीचको एकताको क्रममा वरिष्ठ नेताको वरियता गुमाउन पुगेका नेता खनालले लामो दवावपछि हालै उक्त वरियता प्राप्त गर्न सफल भएका थिए।

तत्कालिन एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई दिलाइएको उक्त वरियता पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई दिन सफल भएका थिए।

उक्त निर्णयलाई लिएर अनसन्तुष्ट बनेका नेपालले मंगलबार मात्रै ‘नोट अफ डिसेन्ट’ सचिवालय बैठकमा दर्ता गरेका थिए।

उनले पार्टी ‘एक व्यक्ति एक पद’काे नीति अनुसार चल्नु पर्ने, नेताहरुको कार्य विभाजन समान रुपमा हुनुपर्ने, अध्यक्षले विधिविधानलाई आधार मानेर निर्णय गर्नुपर्ने, पोलिट ब्यूरो चाँडो गठन हुनुपर्ने लगायतका माग राख्दै ‘नोट अफ डिसेन्ट’ दर्ता गरेका थिए।

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्