नेपाल भारत संयुक्त आयाेगकाे बैठक

पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ कराेड

काठमाडाैँ– नुवाकोट र गोरखामा भुकम्पबाट क्षतिग्रस्त घरहरुको पुनर्निमाणका लागि भारत सरकारले नेपाललाई २ अर्व ४५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

बुधबारदेखि काठमाडाैँमा सुरु भएकाे नेपाल भारत संयुक्त आयाेगकाे बैठकमा भारतले उक्त रकम हस्तान्तरण गरेकाे हाे।

त्यस क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हुलाकी मार्ग स्तरउन्नति तथा  विस्तारका लागि घोषणा गरेको पाँच सय करोड भारतीय रुपैयाँ प्याकेज अन्तर्गत ८० करोड ७१ लाख भारतीय रुपैयाँको चेकसमेत हस्तान्तरण गरेका छन्

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्