ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई भने ‘नास्टी’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई ‘नास्टी’ अर्थात घृणायोग्य भनेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड किन्ने बताएको थिए, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सो प्रस्ताव खारेज गरेकी थिइन् । डेनमार्ककी प्रधानमन्त्री मेटेले जमिन सम्बन्धी सम्झौताका लागि ट्रम्पको प्रस्ताव बेतुकको भन्दै खारेज गरेकी हुन् ।

मेटेको प्रतिक्रियापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पूर्व निर्धारित डेनमार्क भ्रमण एकाएक रद्द गरे । महारानी माग्र्रेगथी द्वितियले अमेरिकी राष्ट्रपति ट्रम्पलाई डेनमार्कको राजकीय भ्रमणमा बोलाएकी थिइन् । ट्रम्प सेप्टेम्बर २ मा डेनमार्क जाने तयारी थियो ।

तर ट्रम्पले एकाएक भ्रमण रद्द गरेको र त्यसमा अपनाएको प्रक्रियाले डेनमार्क अचम्मित परेको छ।

ट्रम्पले ह्वाइटहाउसमा स्थानीय समय अनुसार बुधबार अपराहन्न पत्रकारसँग कुरा गर्दै भने, ‘जमिन सम्बन्धी सम्झौता सम्बन्धी प्रस्ताव बेतुकको बताउने प्रधानमन्त्री मेटेको वक्तव्य नै बेतुकको र नास्टी छ । मलाई लाग्छ यो वक्तव्य अनुचित छ । उनले मात्रै हामी प्रस्तावित आइडिया स्वीकार गर्न सक्दैनौँ भनेको भए हुने थियो ।’

ग्रिनल्याण्ड डेनमार्ककको अधिनमा रहेको स्वायत्त क्षेत्र हो । ट्रम्पले आफ्ना ट्वीटहरुमा डेनमार्कलाई निशाना बनाइरहेका छन् । डेनिस प्रधानमन्त्रीले आफ्नो नभई अमेरिकी नागरिकको अपमान गरेको ट्रम्पले आरोप लगाएका छन् ।

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्