बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

फाइल तस्बिर

काठमाडौँ – काठमाडौँको बालाजुमा रहेको औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार मध्याहन्न १२ बजेतिर आगलागी भएको थियो ।

करिब आधा घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि तीनवटा दमकल तथा ५–७ वटा पानीका ट्यांकर परिचालन भएका थिए । यस्तै प्रहरी तथा स्थानीय बासिन्दाले पनि आयोग निभाउन सहयोग गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू