प्रदेश–२ को लोकसेवा आयोगको अध्यक्षमा सुरेन्द्रप्रसाद यादव सिफारिस

डा. सुरेन्द्रप्रसाद यादव

जनकपुरधाम– प्रदेश नं. २ को लोक सेवा आयोगको अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन्।

बिहीबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षताकाे सिफारिस समितिले सिराहाका डा.यादवलाई अध्यक्षमा सिफारिस गरेको छ।

समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य रहेका छन्।

लोक सेवा आयोगको अध्यक्ष सिफारीस भएसँगै अब प्रदेश सरकारलाई प्रदेशमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्