जुवा खेलाउने वातावरण मिलाइदिनु पर्यो भन्दै प्रहरीलाई ४० हजार दिन खोज्ने पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुवा खेलाउने वातावरण मिलाइदिनु पर्यो भन्दै प्रहरीलाई प्रभावमा पार्न खोज्ने भक्तपुर नपा १ का गङ्गालाल श्रेष्ठलाई रु ४० हजारसहित पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा एक घर भाडामा लिई जुवा खेलाउँदै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको थियो ।

जुवा तास खेलाउनका लागि सहज वातावरण बनाई दिनुप¥यो भन्दै श्रेष्ठले प्रहरीलाई रु ४० हजार घुस दिन खोजेका थिए । आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई महानगरीय प्रहरी परिसरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवरलाई रु ५९ हजार घुससहित पक्राउ गरेको छ । जग्गाको रजिष्टे«शन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पोखरा महानगरपालिका ७ मस्ताङ चोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्