अभिमानसिंह बस्नेतले एनआरएनए आइसिसी सचिव पदमा उम्मेदवारी दिने

सिड्नी– अस्ट्रेलियावासी अभिमानसिंह बस्नेतले गैरआवासीय नेपाली संघ आइसिसीको सचिव पदमा उम्मेदवारी दिने भएका छन् । बस्नेतले यसअघि एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष तथा क्वीन्सल्याण्ड राज्यको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।

कर्मभूमिमा सिकेको ज्ञान, सीप र समृद्धिलाई मातृभूमिको विकासमा लगाएर मातृभूमिको मुहारमा चमक ल्याउन अनि नेपाल र नेपालीको समुन्नतिको लागि आगामी दिनमा यो अभियानमार्फत् सदैव कटिवद्ध रहने पनि उनले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्दै बताए ।

विज्ञापन

लगानी र सम्पत्ति सुरक्षाको लागि राजनैतिक नेतृत्वसम्म आवाज पु¥याउन सक्ने नेतृत्व चाहिएको महसुस गरेको बताउँदै बस्नेतले सकारात्मक सोच र पहल निर्माणको लागि चाहिने राजनीति गर्न सघाउने मौलिक राजनीतिको एनआरएनएमा आवश्यकता महसुस गरेको पनि बताए ।

एकपटकको नेपाली सधैँको नेपाली, पर्यटन प्रवद्र्धन, बौद्धिक वर्ग र अन्य पेशाकर्मीसँग सहकार्य, आइसिसी र एनसिसीबीचको समन्य बढाउने लगायतका चुनावी एजेन्डाहरू प्रस्तु गर्दै बस्नेतले सबै एनआरएनहरूको सहयोग लिएर आफ्ना प्रतिवद्धताहरू पूरा गर्ने पनि उल्लेख गरे ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्