भारतको अर्थव्यवस्था इतिहासकै गम्भीर संकट तर्फ

भारतको अर्थव्यवस्था इतिहासकै गम्भीर संकट तर्फ उन्मुख रहेको नीति आयोगका उपाध्यक्ष राजीव कुमारले चेतावनी दिएका छन् । हाल देखिएको नगदको संकट अति नै गम्भीर रहेको उनको भनाई छ।

राजीव कुमारले भनेका छन्, ‘पछिल्लो ७० वर्षमा कसैले पनि यस्तो परिस्थिति देखेका थिएनन् । सबै वित्तिय क्षेत्र उथल–पुथल अवस्थामा चललिरहेको छ । निजी क्षेत्रमा कसैले पनि एकअर्कालाई विश्वास गरेका छैनन् । कोही पनि कसैलाई ऋण दिन तयार छैनन्, सबैले नगदकै दाबी गरिरहेका छन्।’

विज्ञापन

नीति आयोगका उपाध्यक्ष राजीव कुमार

भारतको राजधानी दिल्लीमा भएको एक कार्यक्रमको क्रममा हाल अर्थव्यवस्था जडताको अवस्थामा रहेको बताएका हुन् । यो जडता तोड्नका लागि अभूतपूर्व कदम चाल्नु पर्ने आवश्यकता रहेको उनले बताएका छन् ।

निजी क्षेत्रमा रहेको आशंका हटाउनका लागि सरकारले सबै प्रयास गर्नु पर्ने उनले बताए।

उनले भने, ‘नोटमा लगाइएको प्रतिबन्ध, जिएसटी तथा आइबिसीपछि हरेक चिज फेरिएको छ । पहिले ३५ प्रतिशत नगद उपलब्ध हुन्थ्यो, अब यो निकै कम भएको छ । जसका कारण वित्त अवस्था जटिल बनेको छ ।’

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू