र्‍यापर सोकिङ्गको कन्सर्टमा भागदौड, कम्तिमा पाँचजनाको मृत्यु

र्‍यापर सोकिङ्ग

अल्जेरियामा भएको र्‍याप कन्सर्टको क्रममा भागदौड मच्चिँदा कम्तिमा पाँचजनाको मृत्यु भएको छ। अल्जेरियाको राजधानी स्थित रंगशालमा सोकिङ्गका रुपमा परिचित र्‍यापरको कन्सर्टको क्रममा भागदौड मच्चिएको हो ।

रंगशालाको एक प्रवेशद्वारमा भागदौड भएको हो । घटनामा २१ जना घाइते भएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाका सम्बन्धमा विस्तृत विवरण आएको छैन । स्थानीय समाचार अनलाइन टिएसएका अनुसार ज्यान गुमाउनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्