एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी

काठमाडौं–एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न सम्झौता भएको छ।

सो सम्झौता अनुसार नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पु¥याउनुका साथै ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाइ १०.६२ प्रतिशत (बेस रेट ं२.५० प्रतिशत) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।

विज्ञापन

यस्तै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । एभरेष्ट बैंककाका तर्फबाट सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका तर्फबाट अध्यक्ष रितु राज सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

एभरेष्ट बैंकले ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फतसेवाहरु प्रदान गर्दै आएको छ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्