नालीमा डुबेर झापामा एक महिलाको मृत्यु

झापा– झापाको बिर्तामोड नगरपालिका–३ बिर्तामोड–भद्रपुर सडकखण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० की ६५ वर्षीया सुमित्रा राईको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिइन्।

विज्ञापन

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मृतक राईको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको छ।

सडक निर्माण गरिरहेको कम्पनी आशिष–प्रेरा जेभीले राईको परिवारलाई ५ लाख क्षतिपूर्ति दिने भएको छ। ठेकेदारको लापरवाहीका कारण ज्यान गुमाएको भन्दै स्थानीयवासी र आफन्तले विरोध जनाएका थिए।

सडक निर्माणको क्रममा जथाभावी खाल्डाखुल्डी, नाली खनिएको र अव्यवस्थित बनाएकोले बृद्धाको ज्यान गएको भन्दै आफन्तले विरोध गरेका थिए। शव फेला परेपछि घटनास्थलमा केहीबेर तनावग्रस्त बनेको थियो।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्