२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

पर्सा-नक्कली भारु नोटको कारोबार गर्ने दुइजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुलाई प्रहरीले २ हजार दरको ९५ थान भारुसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नपा २ वैरिया बिर्ता बस्‍ने ३४ वर्षीय दिलिप कुमार शाह र वीरगञ्ज महानगरपालिका २ छप्कैयाका ४८ वर्षीय जमिल अख्तर रहेका छन्।

विज्ञापन

उनीहरको जाली भारु लिएर भारतरातको समयमा भारततर्फ जाँदै गरेका थिए।

 

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू