टिभिएस मोटरले ल्‍यायो टिभिएस एनटर्क १२५ स्कुटर

काठमाडौँ-टिभिएस मोटर कम्पनीले दोस्रो पटक स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेको छ। शुक्रबार शोल्टी होटलमा पत्रकार सम्मेलन गरेर टिभिएस मोटर कम्पनीले सार्वजनिक गरेको हो।

टिभिएस कम्पनीले नायिका स्वस्तिमा खड्का र प्रदिप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्राण एम्बेसेडर अनुमोदन गरेको छ। जसलाई टिभिएसको दुई पाङगे्र सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले एम्बेसेडरको घोषण गरेको थियो।

विज्ञापन

टिभिएस एनटर्क १२५ मा सिभिटिआई–आरईभीभी १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल एसओएचसी एन्जिन रहेको कम्पनीले जानकारी दिएको छ।

जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म ‘टिभिएस स्मार्टछोनेक्स’ छ र नेपालमै पहिलो कनेक्टेड स्कुटर रहेको टिभिएस मोटर कम्पनीका कार्यकारी उपाध्यक्ष दीपक अग्रवालले बताए।

उनले यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दा तीव्र गतिमा वृद्धि हुनुका साथै स्टार स्वस्तिमा र प्रदिप देशको युवा आकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्ने बताए।

यस्तै शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले ब्राण्ड–टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी नायिका स्वस्तिमा र नायक प्रदिप खड्कासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र उनीहरुसँगको सहकार्य अद्भुत रहने आशा रहेको बताए।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्