मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायत प्रस्थान गरेका छन्।

बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

तमु धीं युकेको आयोजनामा आइतबारदेखि बेलायतमा नेपाली मेला सुरु हुँदैछ।

मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुने उनका स्वकीय सचिव सूर्यबहादुर गुरुङले जानकारी दिए।

सन् २००९ देखि तमु धीं युकेले बेलायतमा नेपाली मेला सञ्चालन गर्दै आइरहेको छ।

बेलायतमा मुख्यमन्त्री गुरुङले एनआरएन बेलायत सहितका विभिन्न नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको बताइएको छ ।
मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्