जनकपुरधाममा पर्यटन सूचना केन्द्र स्थापना

जनकपुरधाम-पछिल्ले समय जनकपुरधाममा आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ। यहाँ आउने पर्यटकहरुको संख्यामा थप वृद्धि गर्न तथा यसलाई प्रचार प्रसार गर्न सूचनाको अधिकत्तम प्रयोग गरी प्रचार प्रसर गर्ने उद्देश्यले जनकपुरधाममा पर्यटन सूचना केन्द्र स्थापना हुने भएको छ।

जनकपुरधाम उपमहानगरपालिका र संयुक्त राष्ट्रीय विकास आयोजनाको संयुक्त लगानीमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने भएको छ।

विज्ञापन

सूचना केन्द्रको बारेमा जानकारी गराउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आधुनिक नेपालले पर्यटन केन्द्रको बारेमा शुक्रवार परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ।

सूचनाको अभावका कारणले बाहिरवाट आउने पर्यटकहरु सबै ठाउँमा नघुमेर जानकी मन्दिरमा आएर पूजापाठ गरि जाने भएकाले त्यसलाई रोक्न तथा पर्यटकलाई दुई तीन दिन बसेर विभिन्न पर्यटकीय स्थलको भ्रमणका लागि अभिप्रेरित गर्ने उद्देश्यले नै पर्यटक सूचना केन्द्र स्थापना हुन लागेको छ।

सूचना केन्द्रका जनकपुरधामको ब्रोसर, बुकलेटका साथै मोवाईल एप्स, वेभ लिंक तथा वाईफाई, टिभी, भिडियो, डकुमेन्ट्री, ल्याप टप जस्ता सेवा सुविधाहरुपनि प्रदान गरिने भएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पर्यटन सूचना केन्द्रको स्थापनाले जनकपुरधाममा आउने पर्यटकलाई सेवा तथा सूचना दिएपछि थप पर्यटक आउने र पर्यटन मार्फत समृद्धि हासिल हुने बताए।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू