ग्रिनबेल्टमा चलेको हाइसले सोलार पोल ढाल्यो, चारजना घाइते

नेपालगञ्ज – नेपालगञ्जमा शुक्रबार राति हाइस गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दाङ्गबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा २ ख १८९७ नम्बरको यात्रुवाहक हाइस गाडी दुर्घटनामा परेको हो ।

नेपालगञ्जको कारकादोस्थित सडक डिभिजन कार्यालय अगाडि हाइस दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर टीका देवकोटा, पूजा देवकोटा, रहिस बेहना र चक्रबहादुर रावत घाइते भएका छन् । घाइतेमध्ये टीका र पूजा आमाछोरी हुन् ।

घाइते सबैको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । तीब्र गतिमा रहेको हाइसले यात्रुलाई बचाउने क्रममा ग्रिनबेल्टमा चढेको थियो । हाइसको ठक्करबाट सोलारको पोल नै ढलेको छ ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्