रवि लामिछानेको समर्थनमा काठमाडौँमा सर्वसाधारणहरुको प्रदर्शन (फोटो फिचर)

फाइल तस्बिर

काठमाडौँ– माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको रिहाईको माग गर्दै काठमाडौँमा विरोध प्रर्दशन भएको छ।

काठमाडौँको नयाँ बानेश्वरमा रवि लामिछोनको समर्थनमा ठूलो संख्यामा मानिसहरु सहभागि भएका छन्। उनीहरुले लामिछानेलाई प्रहरीले न्यूज रुम भित्रै प्रवेश गरेर अपराधीलाई जसरी पक्राउ गरेको भन्दै आक्राेश व्यक्त गरेका छन्।

विज्ञापन

प्रहरीले रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। उनीहरु तिनै जनालाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्