‘प्लाज्मा फेरेसिस’ विधिबाट प्रधानमन्त्रीको उपचार गरिँदै

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी अस्पतालमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको रिमालले ट्विटरमा एक सन्देश जारी गर्दै जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रोफेसर डा‍ दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिने छ। प्रधानमन्त्रीको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा रहेको पनि रिमालले जानकारी दिएका छन् ।

रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई (फेर्ने) विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।

भदौ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्