कार्यकर्ता प्रशिक्षित गर्दै कांग्रेस

आउने चुनावमा कांग्रेस एक्लै चुनाव लड्छः महामन्त्री कोइराला

दाङ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पाटी भित्रको गुटगत राजनीतिले धरासायी हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले गढवा गाउँपालिका वडा नं. ५ बाँकीमा आयोजना गरेको हातेमालो तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेस एकता बद्ध भए कसैले हराउन नसक्ने दावी गरे।

‘कांग्रेस एकता बद्ध हुने हो भने ठूलो शक्ति हो’उनले भने–‘चुनावमा कसै संग मिलेर जानु हुदैन । कांग्रेस एक्लै चुनाव लड्न सक्छ ।’ पाटीलाई एकिकृत गरेर लैजानु पर्नेमा जोड दिए ।‘आन्तरिक द्धन्द्ध र गुटले पाटीलाइ असर गर्छ’उनले भने–‘पाटीलाइ एकिकृत गरेर लैजानु पर्ने आवश्यकता छ।’

अर्का केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले दुई तिहाइको सरकार भएको देशमा जनता धेरै निरासमा पर्नु दुर्भाग्य भएको बताए ।‘जनता निरास छन् । दुई तिहाइको सरकार छ । तर, ओली सरकारले जनताको निरासा हटाउन सकेन’उनले भने–‘जनतालाई सरकार प्रति विश्वास नहुदा निरासा बढी छायो।’

जनताको चाहाना अनुसार सरकारले कामै गर्न नसकेको दावी उनको छ । देशमा विप्लवको गतीविधि र प्रधानमन्त्री केपी शर्मा ओलीको हठले अशान्ती सृजना गरेको बताए । पाटी कार्यकर्तालाई तीन तहको सरकारको गीविधिलाई नजिकबाट नियाल्न र खबरदारी गर्न निर्देशन दिए ।‘जनप्रतिनिधिले वदमासी गर्छ भने खबरदारी गर्नूहोस’उनले भने–‘जनताको चाहाना अनुसार सरकारले काम गर्नुपर्छ।’

कांग्रेसको प्रशिक्षण अभियान


नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले वडा स्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । पाटीमा आवद्ध भएका कार्यकर्ताहरुलाई प्रशिक्षीत गर्दै संगठीत गर्ने अभियान सञ्चालन गरिएको छ।

केन्द्रिय नेतृत्वको उपस्थितीमा नेपाली कांग्रेस क्षेत्र नं. १ ले प्रशिक्षण अभियानको उद्घाटन गरिएको हो। क्षेत्रिय सभापती भेषराज पाण्डेको अध्यक्षता एवम् महामन्त्री डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षण थालिएको हो।

दाङ जिल्लामा नेपाली कांग्रेसलाई पुनः विगत जस्तै शक्तीसाली बनाउने अभियानमा इमानदार भएर जुट्न निर्देशन दिइएको छ। कार्यक्रममा विभिन्न पाटी परित्याग गरी १४ जना व्यक्ती नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

भदौ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्