नेस्भिल नेपालिज एसोसिएसनले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं- हरेक वर्ष जसरी अमेरिकाको टेनिसीस्थित नेस्भिल नेपालिज एसोसिएसन (एनएनए) ले यसपल्ट पनि आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका संयोजक सन्तोष थापाका अनुसार १८ जना नेपालीहरुले दान गरेको रगत अमेरिकन रेडक्रसले बुझेको छ। संकलित १३ युनिट रगतबाट ३९ जना लाभान्वित हुनेछन्।

विज्ञापन

उक्त कार्यक्रम सम्पन्न गर्नमा स्वयंसेवी हैसियतमा अतुल्य डंगोल, ए जे भट्टराई र सरिता आचार्य सक्रिय रहेको आयोजकले बताए।

एसोसिएसनले जारी गरेको विज्ञप्ति अनुसार डंगोल, भट्टराई, आचार्यका अलावा सन्तोष थापा, घनश्याम भट्ट, दीपेन्द्र भट्ट, सञ्जीव घिमिरे, गुण थापा, प्रवीण मानन्धर तथा चार अन्यले रक्तदान गरेका थिए।

एसोसिएसनले आवश्यक भएकाहरुका अनुहारमा मुस्कान ल्याउने र अनमोल मानव जीवन बचाउने कदममा आफूलाई सहभागी बनाएकोमा रेडक्रसलाई धन्यवाद दिएको छ।

भदौ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्