थरुहटको माग मुद्दा सम्बोधन नगरे सशक्त संघर्ष गर्ने चेतावनीसहित टीकापुर घोषणापत्र जारी

काठमाडौं- थरुहट/थारुवान राष्ट्रिय मोर्चाले सरकारले थरुहटको माग मुद्दा सम्बोधन नगरे तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्ने निष्कर्षसहित मोर्चाले १५ बुँदे घोषणापत्र जारी गरेको छ।
भदौ ७ गतेदेखि शुरु भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको तीन दिने कार्यक्रमको समापन गर्दै मोर्चाले सोमबार टीकापुरको कैलालीमा उक्त घोषणा गरेको हो।
घोषणामा थरुहट प्रदेशको रातो फेटा (पट्टी) बाँधेर थरुहट तराईका सबै जिल्लाका मुख्य शहर, बजार केन्द्रीत लाठी जुलुस तथा सिट्ठी जुलुस प्रदर्शन गर्ने, सरकारलाई असफल बनाउन हरेक कार्य गतिविधिहरुका असहयोग तथा विरोधका कार्यक्रम गर्ने, प्रधामन्त्री तथा मन्त्रीहरुलाई थरुहट तराईमा निषेध तथा कालो झण्डाबाट विरोध गर्ने लगायतका छन्।
आन्दोलनकै चरणमा सरकारले थरुहटको माग मुद्दा सम्बोधन नगरे तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्ने, त्यतिले नभए तीन दिने बन्द तथा आम हड्तालको समिक्षा गरी अनिश्चितकालिन बन्द घोषणा गर्ने मोर्चाले जारी घोषणा पत्रमा उल्लेख छ।
थरुहट/थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समिति – २०७६
थरुहट थारुवान राष्ट्रिय सम्मेलन
टीकापुर घोषणा पत्र